Horoscope | दैनिक, साप्ताहिक, मासिक र बार्षिक राशिफल
For Android Mobile Download App Click here
ज्यो. पं. बैद्यराज दीपक राज सुवेदी (डबल गोल्डमेडलिस्ट)द्वारा गरिएको राशिफल
-
आज मिति N
-
मिति को राशिफल
-
साउन महिनाको राशिफलको राशिफल
-
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सहयोगी र भौतिक साधन एकसाथ जुट्नाले विशेष काम गर्ने जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बोलीको प्रभाव बढ्नेछ भने शैक्षिक उपलब्धिले मानसम्मान दिलाउनेछ। टाढिएका आफन्तसँग पनि पुनर्मिलन हुनेछ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। सानो प्रयत्नले आर्थिक समस्या दिगो रूपमा सुल्झाउनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। Supportive people and material resources will come together, boosting your motivation and enthusiasm to accomplish important tasks. Even if competition arises, your hard work will help you achieve your goals. Your communication skills will become more influential, while academic achievements will earn you recognition and respect. You are also likely to reconnect with relatives from whom you have been distant. Long-pending tasks are likely to be completed, and there may be opportunities to start a new business or venture. A small but well-timed effort can provide a lasting solution to financial difficulties. Colleagues and well-wishers will support your work, and various new opportunities are likely to come your way. You will find relief from enemies, legal disputes, and other complications related to work. You will be able to outperform competitors, and your dedication and perseverance can bring positive changes to your lifestyle.
-
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्यमा मौसमी समस्याले सताए पनि नोकरी तथा पेसा–व्यवसायमा मनग्गे फाइदा हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि प्रसन्नता मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार ल्याउनेछ भने अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। बौद्धिक क्षमता बढ्नुका साथै पढाइलेखाइका प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गर्न सकिनेछ। अध्ययनका लागि देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।
-
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न अलि समस्या पर्ला। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले चिताएको काम पूरा नहुन सक्छ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। गुरुजनको प्रेरणाले अध्ययनमा प्रगति हुनेछ। सन्तान र शुभचिन्तकको साथले मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
-
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसर जुट्नाले यो महिना लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ पनि मनग्गे आम्दानी बढ्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम समेत सम्पादन हुनेछन्। सोखले फजुल खर्च बढाउनेछ भने दीर्घकालीन योजना नहुँदा दिगो फाइदा उठाउन नसकिएला। पारिवारिक असमझदारीले गृहस्थी अशान्त रहन सक्छ।
-
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ। स्वास्थ्यमा भने टाउको र आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ। राजनीतिक पृष्ठमूमि केही कमजोर देखिए पनि समाजमा प्रतिष्ठा प्राप्त हुनेछ। नवीन कार्यको थालनी गर्ने समय छ।
-
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही चुनौती देखिए पनि कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य कमजोर रहनाले विभिन्न स्रोत–साधन जुटाउनुपर्ने आवश्यकता पर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने सुमधुर दाम्पत्यको आनन्द प्राप्त हुनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै व्यवसायले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो, टाउको दुखाइ, आँखाको समस्या आदिले सताउने हुँदा नियमित काम प्रभावित बन्नेछ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।
-
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम गर्नुपर्ने समय छ। परिस्थितिवश ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। आफ्नो सम्पत्तिमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। आफन्तबाट समेत टाढिनुपर्ने अवस्था आउन सक्छ। तापनि कर्मयोगले उपलब्धिमूलक यात्रा गराउन सक्छ। केही दौडधुप गर्नुपरे पनि व्यावहारिक चुनौती चिर्दै यो महिनामा विशेष अवसर हातपार्न सफल भइनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेश भ्रमण गर्ने मौका पाइनेछ। पछिका लागि लगानी गर्ने समय छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। लाभको आशा देखाएर ठगी गर्नेहरूबाट सजग रहनुहोला। अहिलेको संघर्षले पछिलाई फाइदा हुनेछ।
-
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। राज्यमा पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुनाले मन उत्साहित रहनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनाले मनग्गे धन आर्जन हुनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। तर, अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सानो उद्देश्यका लागि ठूलो स्रोत परिचालन गर्नुपर्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही त्याग गर्नुपरे पनि सत्कार्यमा खर्च हुनेछ।
-
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कीर्तिमानी काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सानो प्रयत्नले दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। व्यापार–व्यवसायमा पनि लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ। अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। भौतिक साधनहरू जुट्नेछन् भने मनग्गे धनलाभ हुनेछ।
-
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति र लगनशीलताले लक्ष्यमा पुग्न सफल भइनेछ। सानो प्रयत्नले ठूलो सफलता दिलाउनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साहित भइनेछ। केही खर्च लागे पनि नयाँ क्षेत्रमा लगानी गर्ने मौका पाइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।
-
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यवसाय र आयमूलक काममा मन्दी आउनेछ भने महिनाभरि अर्थ अभावले सताउन सक्छ। समयमा होश नपुग्नाले केही धनमाल गुमाउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि महिनाभरि आहार–विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ। व्यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। अनीति र अन्यायको सिकार भइनेछ। केही जरिवाना, चोटपटक वा हाड–जोर्नीमा समस्या देखिएला। सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
-
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
महिना मिश्रित प्रकारको रहनेछ। काममा संघर्ष गर्नुपरे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै मनग्गे धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा आँटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव भने कमजोर बन्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। पारिवारिक उल्झनले सामाजिक काममा बाधा पुर्याउन सक्छ।
-
वि.सं.२०८३ साल बार्षिक राशिफल
-
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
For Aries natives, the year 2082 will be generally average, marked by a mix of ups and downs, challenges, and opportunities. While the beginning of the year looks promising, the middle phase may bring various difficulties, obstacles, and situational pressures. However, after the midpoint of the year, your efforts will begin to yield stronger results, making it possible to achieve significant success through hard work. Towards the end of the year, extra caution, patience, and consistent effort will be essential to protect the achievements you have gained. मेष राशि – वर्ष २०८२ को वार्षिक राशिफल मेष राशिका लागि यो वर्ष समग्रमा सामान्य भए पनि उतारचढावपूर्ण, चुनौती र अवसरको मिश्रण बोकेको रहनेछ। वर्षारम्भ आशालाग्दो देखिए पनि बीचतिर विभिन्न कठिनाइ, अवरोध र परिस्थितिगत दबाबहरू देखापर्नेछन्। तर मध्यान्तरपछि कर्मयोग बलियो बन्दै जानेछ र मिहिनेतका आधारमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। वर्षको अन्त्यतिर भने प्राप्त उपलब्धिहरू जोगाउन विशेष सतर्कता, धैर्य र सक्रियता आवश्यक पर्नेछ। बृहस्पतिको प्रभावले वर्षलाई तीन महत्वपूर्ण चरण (घुम्ती) मा विभाजन गरेको देखिन्छ। सुरुको समयमा नियमित कामहरू सहज रूपमा सम्पन्न हुनेछन् र जिम्मेवारी पूरा गर्न सकिनेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। तर जेठ १८ पछि सुरु हुने पहिलो चरणमा पारिवारिक समस्या, साझेदारीमा विघटन र सम्पत्तिमा विवाद आउने सम्भावना छ। सत्यको पक्षमा उभिँदा विरोध र अन्तर्घातको सामना गर्नुपर्ने हुन सक्छ। कार्तिक १२ पछि सुरु हुने दोस्रो चरण भने अत्यन्त अनुकूल रहनेछ। यस अवधिमा अघिका समस्या समाधान हुनेछन्, नयाँ अवसरहरू प्राप्त हुनेछन् र पढाइ–लेखाइमा राम्रो प्रगति हुनेछ। नोकरी प्राप्ति, पदोन्नति वा स्थान परिवर्तनको बलियो सम्भावना छ। आर्थिक रूपमा नयाँ स्रोतहरू फेला पर्नेछन् र नाम, दाम तथा प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको सम्बन्ध पनि अझ सुदृढ बन्नेछ। माघ १२ पछिको तेस्रो चरणमा भने फेरि केही पुराना समस्या दोहोरिन सक्छन्। आफन्तसँग वैरभाव बढ्ने, सम्बन्धमा उतारचढाव आउने र मानसिक तनाव बढ्ने सम्भावना देखिन्छ। त्यसैले यसअघि हासिल गरेका उपलब्धिहरू जोगाउन सचेत रहनु आवश्यक हुनेछ। शनिको साढेसाती प्रभावले वर्षभरि खर्च वृद्धि, काममा ढिलाइ, अवरोध, आलस्य तथा मानसिक दबाब दिनेछ। यसले स्वास्थ्यमा पनि असर पार्न सक्छ—विशेषगरी थकान, कमजोरी, चोटपटक वा दीर्घ समस्याहरू देखिन सक्छन्। झूटा आरोप, पारिवारिक कलह र आर्थिक असन्तुलनको सम्भावना पनि रहनेछ। त्यसैले खर्च नियन्त्रण, धैर्य र संयम अत्यन्त आवश्यक हुनेछ। मंगलको प्रतिकूल प्रभावले वर्षको धेरै समय स्वास्थ्यमा सावधानी अपनाउनुपर्ने देखिन्छ। रिस, हतार र आवेगले निर्णय बिग्रन सक्छ, त्यसैले व्यवहारमा संयमता अपनाउनु उपयुक्त हुनेछ। राहुको प्रभावले वर्षको पहिलो भागमा आकस्मिक लाभ दिलाउँदै आर्थिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ, तर पछिल्लो समय केही चुनौती थपिन सक्छन्। केतुको प्रभावले सुरुमा पशुपालन वा अन्य क्षेत्रमा क्षति देखिए पनि पछि प्रतिस्पर्धीहरूलाई परास्त गर्ने शक्ति प्रदान गर्नेछ। शिक्षा र करियरको दृष्टिले यो वर्ष मध्यम तर सम्भावनायुक्त छ। विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न बढी मेहनत गर्नुपर्नेछ, तर अवसरहरू पनि प्राप्त हुनेछन्। वैदेशिक रोजगार वा अध्ययनका लागि नयाँ मार्गहरू खुल्नेछन्, विशेषगरी वर्षको उत्तरार्ध अनुकूल रहनेछ। पारिवारिक र वैवाहिक जीवनमा मिश्रित परिणाम देखिनेछ। परिवारमा केही समय तनाव भए पनि बिस्तारै तालमेल सुधार हुनेछ। घरमा शुभकार्य, नयाँ सदस्यको आगमन वा धार्मिक गतिविधिमा सहभागिता बढ्ने सम्भावना छ। जीवनसाथीको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ। आर्थिक रूपमा ठूलो उपलब्धि तुरुन्तै नदेखिए पनि दीर्घकालीन फाइदा हुने कामको थालनी हुनेछ। व्यापार, उद्योग तथा सेयरमा सोचविचार गरेर लगानी गर्ने समय हो। कृषि तथा पशुपालन क्षेत्रमा वर्षको उत्तरार्ध लाभदायक रहनेछ। महिनागत रूपमा पनि फरक–फरक प्रभाव रहनेछन्—वैशाख, साउन, मंसिर र चैत स्वास्थ्य र आर्थिक हिसाबले चुनौतीपूर्ण हुन सक्छन् भने असार, असोज, माघ र फागुन महिनामा राम्रो लाभ प्राप्त हुने सम्भावना छ। समग्रमा, यो वर्ष धैर्य, मिहिनेत र सही निर्णयको वर्ष हो। सकारात्मक सोच, इमान्दारिता र संयमका साथ अघि बढ्दा चुनौतीहरू पार गर्दै सफलता हासिल गर्न सकिनेछ। धार्मिक आस्था, पूजा–पाठ तथा इष्टदेवको आराधनाले मानसिक शान्ति दिनुका साथै नकारात्मक प्रभाव कम गर्न सहयोग गर्नेछ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि शनिदोष शान्त हुनेछ। For Aries natives, the year 2082 will be generally average, marked by a mix of ups and downs, challenges, and opportunities. While the beginning of the year looks promising, the middle phase may bring various difficulties, obstacles, and situational pressures. However, after the midpoint of the year, your efforts will begin to yield stronger results, making it possible to achieve significant success through hard work. Towards the end of the year, extra caution, patience, and consistent effort will be essential to protect the achievements you have gained. The influence of Jupiter divides the year into three major phases. During the initial period, routine tasks will be completed smoothly, and responsibilities can be fulfilled successfully. There will be moderate gains in business and profession. However, after Jestha 18, the first challenging phase begins, bringing the possibility of family disputes, partnership conflicts, and property-related issues. Standing up for the truth may invite opposition or betrayal from others. The second phase, beginning after Kartik 12, will be highly favorable. Problems from the earlier period will gradually be resolved, new opportunities will arise, and students will make excellent academic progress. There are strong chances of securing a job, receiving a promotion, or relocating for career purposes. Financially, new sources of income may emerge, while reputation, recognition, and social status will improve. Romantic relationships and friendships are also likely to become stronger. The third phase, beginning after Magh 12, may see the return of some old problems. Misunderstandings with relatives, fluctuations in relationships, and increased mental stress are possible. Therefore, it will be important to safeguard the progress and achievements made during the favorable period. Saturn's Sade Sati will continue to influence the year by increasing expenses, delaying important work, creating obstacles, encouraging laziness, and adding mental pressure. It may also affect health, particularly through fatigue, weakness, injuries, or chronic ailments. There is also the possibility of false accusations, family conflicts, and financial imbalance. Practicing patience, self-discipline, and careful financial management will be essential. The unfavorable influence of Mars suggests that health should be monitored carefully throughout much of the year. Anger, impulsiveness, and hasty decisions could create unnecessary problems, so maintaining self-control will be beneficial. Rahu's influence may bring unexpected financial gains during the first half of the year, helping maintain financial stability, although the latter half could introduce new challenges. Ketu may initially cause setbacks in livestock farming or related activities but will later provide the strength to overcome competitors and adversaries. From an education and career perspective, the year offers moderate but promising opportunities. Students will need to work harder than usual to achieve their goals, but favorable opportunities will also be available. Those seeking foreign employment or higher education abroad may find new possibilities, especially during the latter half of the year. Family and married life are expected to produce mixed results. Although there may be periods of tension within the household, harmony will gradually improve. Auspicious family events, the arrival of a new family member, or increased participation in religious activities are possible. Special attention should be given to the health of your spouse. Financially, major gains may not come immediately, but the year is favorable for laying the foundation for long-term prosperity. It is a suitable time for carefully planned investments in business, industry, and the stock market. Agriculture and livestock-related activities are expected to become more profitable during the second half of the year. On a monthly basis, Baisakh, Shrawan, Mangsir, and Chaitra may present greater health and financial challenges, while Ashadh, Ashoj, Magh, and Falgun are expected to be more rewarding and beneficial. Overall, 2082 is a year that rewards patience, perseverance, and wise decision-making. By maintaining a positive attitude, honesty, and self-discipline, you can overcome challenges and achieve meaningful success. Religious faith, prayers, and devotion to your chosen deity will help bring mental peace and reduce negative influences. To lessen the effects of Saturn's Sade Sati, it is recommended to worship the Peepal tree and offer water to it on Saturdays. Worshipping Goddess Kali, Lord Hanuman, and your personal deity is also believed to help reduce Saturn's adverse effects.
-
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशि – २०८२ सालको वार्षिक राशिफल वृष राशिका लागि नयाँ वर्ष २०८२ उत्साहजनक प्रगति र विशेष उपलब्धिले भरिएको रहनेछ। वर्षको प्रारम्भमा बृहस्पतिको स्वाभिमानी स्वभावले केही व्यवहारिक समस्या ल्याउन सक्छ, तर जेठदेखि स्थिति सहज बन्दै जान्छ। त्यसपछि विद्या, बुद्धि र अभिव्यक्तिमा निखारता आउनेछ, साथै लेखन वा कलात्मक क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। घरमा माङ्गलिक कार्यहरू हुनेछन् र भाग्यको साथले असल जीवनसाथी मिल्ने योग छ, जसले गृहस्थ जीवनलाई मजबुत बनाउनेछ। सामाजिक रूपमा प्रतिष्ठित कामहरू गर्न सकिनेछ, सानो प्रयासले पनि नाम, दाम र इनाम प्राप्त गर्न सकिने समय हो। शुभचिन्तकहरूको साथ रहनेछ र आर्थिक समस्या क्रमशः सुल्झिनेछ। भौतिक साधन जुटाउने अवसरहरू मिल्नेछन्। शनि वर्षभरि आयभावमा रहने भएकाले आम्दानीमा स्थायित्व आउनेछ। रोजगारीमा प्रवेश, पदोन्नति, वा अनुकूल स्थान पाउने सम्भावना बलियो छ। कृषि, व्यवसाय, उद्योग, सेयर बजार र ठेक्का–पट्टामा राम्रो फाइदा हुनेछ। विदेश जान चाहनेहरूका लागि यात्राको राम्रो सम्भावना बनिरहेको छ। जुनसुकै क्षेत्रमा लागे पनि आर्थिक सुधार सम्भव हुनेछ। तर, जेठदेखि राहु कर्मभावमा प्रवेश गर्दा कर्मभन्दा बढी फलको लोभ जाग्न सक्छ। यसले शक्तिको दुरुपयोगको सम्भावना बनाउँछ। लक्ष्य हासिल गर्न नीतिनियम उल्लंघन गर्ने स्थिति आउन सक्छ, जसले आलोचना र विरोधको सामना गराउनु पर्नेछ। अभिभावक वा अधिकारीसँग मतभेद हुने संकेत पनि छन्। केही विवादास्पद निर्णयले सार्वजनिक छविमा असर पर्न सक्छ। केतुको असरले घरायसी समस्याहरू बढाउन सक्छ र आफन्तहरूसँग असमझदारी हुने सम्भावना छ। छाती तथा पेटसम्बन्धी स्वास्थ्य समस्याबाट सताइन सक्छ, त्यसैले सावधानी अपनाउनु उत्तम हुन्छ। यस्ता कठिन घडीहरूमा अनिष्ट ग्रहको प्रभाव कम गर्न इष्टदेवताको पूजा–आराधनाले राहत दिनेछ। विशेष गरी वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा लाभदायक हुनेछ। यी उपायले राहु र केतुको नकारात्मक प्रभाव कम गर्न सहयोग गर्नेछन्। स्वास्थ्यका हिसाबले वैशाख, जेठ, भदौ र पुस महिना अलिक चुनौतीपूर्ण रहनेछन्। तर साउन, कार्तिक, फागुन र चैतमा गरेका प्रयासहरू विशेष लाभदायक सावित हुनेछन्।
-
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन राशि – २०८२ सालको वार्षिक राशिफल मिथुन राशिका लागि २०८२ साल खर्चिला कामसँगै नयाँ अवसरहरू लिएर आउनेछ। यद्यपि केही धन खर्च गर्नुपर्ने भए पनि ती खर्चहरू यात्रा, धर्मकर्म र शुभकार्यमा हुनेछन्। बृहस्पति खर्च भावमा रहेकाले फजुल खर्चमा नियन्त्रण हुनेछ। अध्ययनका लागि समय कम मिल्न सक्छ, तर व्यवहारिक अनुभवबाट ज्ञान आर्जन गरिनेछ। सानो लगानीबाट पनि ठूलो सफलता प्राप्त गर्ने सम्भावना छ। जेठदेखि बृहस्पति शीर्ष भावमा सर्ने हुँदा तपाईंमा धैर्यता र प्रतिबद्धता बढ्नेछ। यसले कठिन परिस्थितिमा पनि लक्ष्यतर्फ दृढताका साथ अघि बढ्न सकिनेछ। विद्यार्थीहरूका लागि तर्कशक्ति वृद्धि हुनेछ, अध्ययनले राम्रो उचाइ लिनेछ र प्रतिभा उच्च रूपमा मूल्याङ्कन हुनेछ। धर्मकर्म, तीर्थयात्रा र परोपकारी कार्यमा रुचि बढ्नेछ। भाग्यले नयाँ पेशा वा व्यवसायको बाटो खोल्नेछ। सन्तान, सहकर्मी र शुभचिन्तकहरूबाट मनोबल मिल्नेछ। यद्यपि, स्वाभिमानको रक्षा गर्न अनीति र अन्यायविरुद्ध उभिनुपर्ने हुन सक्छ, जसले गर्दा केही भ्रष्ट र अयोग्य व्यक्तिको आलोचनाको सिकार बन्नुपर्ने स्थिति आउन सक्छ। वर्षभरि कर्म भावमा शनि रहने भएकाले नयाँ काम र रोजगारीका अवसरहरू प्राप्त हुनेछन्। सबै इच्छा तुरुन्त पूरा नहुन सक्छन्, तर धैर्य गरेमा स्थायित्व पाउने काम थालनी हुनेछ। मिहिनेत गर्नेहरूलाई रोजगारी, पदोन्नति वा अनुकूल स्थान प्राप्तिको अवसर मिल्नेछ। धर्म र भाग्य भावमा राहुको उपस्थिति रहने भएकाले सामाजिक वा धार्मिक कार्यहरूमा अवरोध आउन सक्छ। सेवामूलक कर्म गर्दा आलोचना हुन सक्ने भएकाले सतर्क रहनुहोस्। राहुको शान्तिका लागि मन्त्रजप तथा छिन्नमस्ता भगवती र वटुक भैरवको पूजा गर्न सकिन्छ, जसले नकारात्मक प्रभाव कम गर्नेछ। केतुको प्रभाव उद्यम भावमा रहने भएकाले नयाँ कार्यमा लाग्ने प्रेरणा मिल्नेछ। उद्योग–व्यवसायमा राम्रो लाभ मिल्नेछ। अग्रजहरूको सहयोग र प्रेरणाले महत्वाकांक्षी योजनाहरू सुरु गर्न सकिनेछ। स्वास्थ्यको हिसाबले यो वर्ष सामान्यत: राम्रो रहनेछ। जीवनशैलीमा सामान्य उतारचढाव आए पनि आर्थिक पक्ष मजबुत बन्नेछ। विदेश जान चाहनेहरूका लागि अनुकूल अवसर पनि आउन सक्छ। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलिक कष्टदायक हुनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा विशेष आर्थिक लाभ हुने सम्भावना छ।
-
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशि – २०८२ सालको वार्षिक राशिफल कर्कट राशिका लागि २०८२ सालको सुरुआत उत्साहजनक रहनेछ। प्रारम्भमा आयभावमा रहने बृहस्पति र पराक्रम भावमा रहेको केतुले केही राम्रा उपलब्धि र फाइदाको संकेत दिन्छन्। काममा ऊर्जा, आत्मविश्वास र आर्थिक लाभका अवसरहरू मिल्नेछन्। तर यो उत्साह वर्षभरि टिक्न सक्दैन। जेठ महिनाबाट ग्रहहरूको स्थिति परिवर्तनसँगै खर्च र चुनौतीका दिन सुरू हुनेछन्। बृहस्पति खर्च भावमा सर्ने र राहु विनाश भावमा प्रवेश गर्ने भएकाले फजुल खर्च बढ्नेछ, आर्थिक अस्थिरता देखा पर्नेछ, र केहीले तपाईंको कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन्। कर्जा लिएर काम गर्नेहरूलाई लगानी फिर्ता नहुन सक्ने चिन्ता सताउनेछ। रोजगारीमा प्रतिकूल स्थानान्तरण वा असहज परिस्थितिहरू आउन सक्छन्। विद्यार्थीहरूका लागि पढाइ तथा लेखनमा सोचेजस्तो सफलता नआउन सक्छ। विदेश जाने योजना बनाउनेहरूका लागि यात्रा सम्भव भए पनि त्यहाँको बसाइ सहज नहुन सक्छ। राहुको कष्ट भावमा रहनाले चोटपटक, रोग, अवरोध, मानसिक तनाव र धनहानिको सम्भावना रहन्छ। केतुको प्रभावले धन सञ्चयमा कठिनाइ ल्याउनेछ, र वाणीको कारण केही आलोचना वा विवादमा पर्न सकिनेछ। शनि भाग्य भावमा रहेकाले कार्यक्षेत्रमा सुस्तता आउन सक्छ। विशेष गरी जसको जन्मकुण्डलीमा शनि प्रतिकूल छ, उनीहरूलाई काम अघि बढाउन गाह्रो हुनेछ। आफ्ना प्रयासबाट अरूले लाभ लिने र आफू भने ओझेलमा पर्ने परिस्थिति देखा पर्न सक्छ। सन्तान र पारिवारिक पक्षमा पनि केही चिन्ताजनक स्थिति उत्पन्न हुन सक्छ। यद्यपि, तपाईं सकारात्मक सोच र सत्कर्मतर्फ उन्मुख हुनुहुनेछ। परोपकार र धर्मकर्ममा लगाव बढ्नेछ, जसले मानसिक सन्तुलन राख्न मद्दत गर्नेछ। अनिष्ट ग्रहहरूको प्रभाव कम गर्न नियमित पूजा–आराधना गर्नु उपयुक्त हुनेछ। बृहस्पतिका लागि बगलामुखी र शिवजीको आराधना, राहुका लागि वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा, र शनिकाे दोष निवारणका लागि श्रीहनुमान् र काली भगवतीको आराधना लाभदायक हुनेछ। वार्षिक प्रभाव हेर्दा: लाभदायक महिना: वैशाख, जेठ, असोज र पुस कष्टदायक महिना: असार, साउन, कार्तिक र फागुन
-
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशि – २०८२ सालको वार्षिक राशिफल सिंह राशिका लागि २०८२ साल उत्साहजनक सुरुआतसँगै मध्यम स्तरबाट सुरु हुनेछ। तर वर्षको मध्यतिर केही चुनौतीहरू देखा पर्न सक्छन्। यद्यपि, निरन्तर प्रयासले राम्रो अवसरहरू पाउने सम्भावना रहनेछ। वर्षको सुरुआतमा कर्मभावमा र त्यसपछि लाभस्थानमा रहने बृहस्पतिले पेसा, व्यापार र नोकरीमा विशेष फाइदा दिनेछ। विभिन्न आम्दानीका स्रोत खुल्नेछन्, लगानीबाट लाभ हुनेछ, र नयाँ सम्भावनाहरू देखा पर्नेछन्। नोकरी खोज्नेहरूलाई रोजगारी मिल्ने, र राजनीतिमा लाग्नेहरूलाई पद, प्रतिष्ठा वा जिम्मेवारी प्राप्त हुने योग छ। घर–जग्गाजस्ता स्थायी सम्पत्ति प्राप्त हुने सम्भावना प्रबल छ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ भने विवाहितहरूका लागि सुमधुर दाम्पत्य जीवन र सन्तान सुखको सम्भावना छ। विद्यार्थीहरूका लागि याे वर्ष उपलब्धिमूलक रहनेछ। विदेश जाने सोच राख्नेहरूका लागि यात्रा र बसाइको राम्रो योग बन्नेछ। सेयर, जग्गा–जमिन, वा अन्य कारोबारमा पनि राम्रै फाइदा हुनेछ। तर वर्षभरि कष्टभावमा रहने शनिको अढैया प्रभावले केही उतारचढाव ल्याउनेछ। विशेष गरी शनि प्रतिकूल हुनेहरूको हकमा काममा ढिलासुस्ती, आफन्तसँग मनमुटाव, फजुल खर्च, झूटा आरोप र यात्रा सम्बन्धी कष्ट देखिन सक्छ। कार्तिक र मंसिर महिनामा बृहस्पति पनि खर्च भावमा रहने भएकाले स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। यो समय नोकरीमा उल्झन, अपजस तथा आत्मीयहरूबाट दूरीको सम्भावना रहेको हुनाले मानसिक रूपमा अलि तनावग्रस्त हुन सकिन्छ। दाम्पत्यभावमा राहुको उपस्थिति घरपरिवारमा असमझदारी, विवाद वा विछोडसम्मको स्थिति ल्याउन सक्छ। पति–पत्नीले आपसी सम्मान र समझदारी कायम राख्नु अत्यन्त जरुरी हुनेछ। साथै, आफ्ना कमजोरीहरूको फाइदा उठाउन खोज्नेहरू सक्रिय हुने भएकाले सजग र धैर्यशील बन्नु राम्रो हुनेछ। ग्रहदोषको शान्तिका लागि: शनिको शान्ति: शनिबार पीपलमा जल चढाउने र काली भगवतीको आराधना गर्ने। राहुको शान्ति: वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा। साथै, आफ्ना इष्टदेवको आराधना र मन्त्रजप लाभदायक हुनेछ। विशेष समयहरू: फलदायी महिना: जेठ, असार, कार्तिक, माघ सावधानी अपनाउनुपर्ने महिना: साउन, मंसिर, चैत
-
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्या राशि – २०८२ सालको वार्षिक राशिफल कन्या राशिका लागि २०८२ साल अवसर र चुनौती दुवैसँग भरिएको रहनेछ। सुरुमा केही अवरोध देखिए पनि कर्मठ प्रयासले वर्षको उत्तरार्धमा उल्लेखनीय सफलता हात लाग्नेछ। बृहस्पतिको अनुकूल प्रभावले भाग्य र कर्मबल दुवै मजबुत बनाउनेछ, जसले महत्त्वाकांक्षी योजना अघि बढाउने बाटो खोल्नेछ। घरमा शुभकार्य हुने योग छ, प्रेममा सफलता मिल्नेछ र विवाहयोग्य व्यक्तिहरूले जीवनसाथी पाउने प्रबल सम्भावना छ। जेहेन्दार विद्यार्थीहरूले शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्नेछन्। स्वरोजगार वा साना व्यवसाय सुरु गर्ने सोच भएकाहरूले पनि सकारात्मक परिणाम पाउनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा मनपर्ने ठाउँमा स्थानान्तरण हुने सम्भावना बलियो देखिन्छ। पेसा–व्यवसायमा जमिन पाइनेछ र आर्थिक सुधार तर्फ उल्लेखनीय प्रगति हुनेछ। यद्यपि, आत्मसम्मानको रक्षा गर्न सामाजिक संघर्षमा उत्रिनुपर्ने अवस्था आउन सक्छ। अयोग्यहरूको अधिनमा काम गर्न नसक्दा केही मानसिक तनाव हुन सक्छ। तर राहुको सकारात्मक प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरूलाई परास्त गर्न सकिनेछ। प्रविधि, मेसिनरी, सूचना प्रविधि वा यन्त्रसङ्ग सम्बन्धित पेशामा विशेष सफलता मिल्नेछ। राजनीतिमा लाग्नेहरूका लागि पद र प्रतिष्ठा प्राप्त हुने समय छ। लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् र नयाँ योजनाहरू कार्यान्वयनमा आउनेछन्। कृषि, व्यवसाय, सेवामूलक काममा पनि राम्रो लाभ मिल्नेछ। तर खर्चभावमा रहेको केतुको कारण केही रकम अनावश्यक रूपमा बाहिरिन सक्छ। फजुल खर्च र रकमको दुरुपयोगको सम्भावना रहेको हुँदा वित्तीय निर्णयमा सतर्कता आवश्यक हुनेछ। साथै, दाम्पत्यभावमा रहने शनिको प्रतिकूल प्रभावले जीवनसाथीको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई स्वास्थ्य, अध्ययन र पारिवारिक सम्बन्धमा केही समस्या देखिन सक्छ। ग्रहदोष शान्तिका लागि: शनि: श्रीहनुमान् र काली भगवतीको आराधना, शनिबार पीपलमा जल अर्पण गर्नु लाभदायक हुनेछ। केतु र राहु: वटुकभैरवको पूजा र नियमित मन्त्रजप गर्नु उपयुक्त हुनेछ। साथै, आफ्ना इष्टदेवताको आराधना गर्दा मानसिक शान्ति र सफलता मिल्नेछ। विशेष समयहरू: लाभदायक महिना: असार, साउन, मंसिर, फागुन सजग रहनुपर्ने महिना: वैशाख, भदौ, असोज, पुस
-
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुला राशि – २०८२ सालको वार्षिक राशिफल तुला राशिका लागि २०८२ साल अवसरको उज्यालोले भरिएको वर्ष बन्नेछ। ग्रहहरूको अनुकूल प्रभावले सामान्य अवस्थाबाट उठ्दै उत्साहजनक सफलताको शिखरतर्फ अघि बढ्ने समय आएको छ। विगतका कर्मको प्रतिफल स्वरूप जीवनशैलीमा सकारात्मक परिवर्तन हुनेछ। वर्षको सुरुमा केही संघर्ष हुन सक्छ, तर जेठदेखि बृहस्पतिको धर्मभावमा आगमनले अध्ययन र व्यावसायिक ज्ञानमा उल्लेखनीय वृद्धि हुनेछ। विदेश जान चाहने विद्यार्थी वा रोजगारी खोज्नेहरूका लागि यात्रा र अवसरको ढोका खुल्नेछ। स्वदेश फर्किनेहरूका लागि पनि अनुकूल वातावरण बन्नेछ। मिहिनेत गर्नेहरूलाई राम्रो नोकरी, सम्मान, इनाम र सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ र लगनगाँठो बाँध्ने बलियो सम्भावना छ। घर–परिवारमा शान्ति र सुख कायम रहनेछ। रोकिएका धेरै कामहरू सम्पन्न हुनेछन्। धर्मकर्म, तीर्थ यात्रा र परोपकारी काममा मन जानेछ। यसै वर्ष सन्तानसुख प्राप्तिको पनि राम्रो योग छ। शनि र केतुकाे अनुकूल प्रभावले रोग र शत्रुहरूमाथि विजय मिल्नेछ। आँट र आत्मविश्वासले साथ दिनेछ, जसले नयाँ उद्योग वा व्यवसाय सुरु गर्न प्रेरणा दिनेछ। कृषिक्षेत्रमा नयाँ प्रविधि तथा उपकरणको प्रयोगले राम्रो लाभ मिल्नेछ। पुराना कामधन्दा फस्टाउँदै जानेछन्, जसले आम्दानीका नयाँ स्रोतहरू खुलाउनेछ। तर सन्तानभावमा रहेको राहुले केही चिन्ता बढाउन सक्छ। विशेषगरी सन्तानको भविष्य, स्वास्थ्य र पढाइप्रति मनमा अन्योल हुन सक्छ। वर्षभरि पेटसम्बन्धी समस्या सताउने सम्भावना रहेको छ। विद्यार्थीहरूलाई परीक्षाका बेला ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ। जसको जन्मकुण्डलीमा राहु प्रतिकूल छ, उनीहरूले लाञ्छना, वादविवाद वा आर्थिक हानि भोग्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा वटुकभैरव र छिन्नमस्ताको पूजा तथा राहु शान्तिका लागि मन्त्रजप लाभदायक हुनेछ। लाभदायक महिना: साउन, भदौ, पुस, चैत सावधानी अपनाउनु पर्ने महिना: जेठ, असोज, कार्तिक, माघ
-
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बृश्चिक राशि – २०८२ सालको वार्षिक राशिफल वृश्चिक राशिका लागि २०८२ साल सुरुवातमा उत्साहजनक देखिए पनि वर्षको क्रमसँगै विभिन्न चुनौती र उतारचढावको सामना गर्नुपर्ने संकेत देखिन्छ। अधिकांश ग्रहहरूको प्रतिकूल प्रभावले स्वास्थ्य, अध्ययन, व्यवसाय र पारिवारिक सम्बन्धमा केही असहज परिस्थितिहरू आउन सक्छन्। वैशाख, कार्तिक र मंसिर महिनामा देवगुरु बृहस्पतिको अनुकूलता केही आशाजनक उपलब्धिहरू ल्याउनेछ। प्रियजनको सहयोगले केही सकारात्मक परिवर्तन आउनेछ। तर, जेठदेखि बृहस्पति कष्टभावमा प्रवेश गर्दा काम अड्किने, लक्ष्यबाट भट्किने, र व्यावहारिक समस्याहरूले पिरोल्ने सम्भावना बढ्नेछ। आर्थिक दबाबसँगै ऋणको बोझ बढ्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय हुनेछ, खासगरी पेटसम्बन्धी समस्या सताउन सक्छ। पढाइ र करियरमा समय दिन गाह्रो हुनेछ। भाैतिक तथा बौद्धिक सम्पत्तिको दुरुपयोग हुन सक्नेछ, अरूले तपाईंको मिहिनेतको फाइदा उठाउने प्रयास गर्नेछन्। आत्मीयजनबाट टाढिनु परे पनि मनमा पीडा र निराशा आउन सक्छ। राहुको गृहसुखमा र शनिको पुत्रभावमा प्रभावले मानसिक अशान्ति, पारिवारिक द्वन्द्व, झूटा आरोप, र शत्रुबाट बाधा आउने सम्भावना छ। साझेदारी वा अंशीयारमा विवाद बढ्न सक्छ। पुराना विश्वासपात्रहरूबाट विश्वासघात हुन सक्ने भएकाले सचेत रहनु आवश्यक छ। नोकरीमा स्थानान्तरण, व्यापारमा हानि, वा साझेदारीमा समस्या देखिन सक्छ। कर्मभावमा केतुको प्रभावले आंशिक काम त सम्पन्न हुनेछन्, तर पूर्ण सफलता पाउन अझै संघर्ष गर्नुपर्ने देखिन्छ। तर, ग्रहदोष निवारणका लागि शिवजी, वटुक भैरव, वगलामुखी, काली र छिन्नमस्ता देवीको पूजा–आराधना, मन्त्रजप र शान्तिकर्म गर्दा राहत मिल्नेछ। समयअनुसार सच्चा प्रयास र आत्मबल कायम राखेमा कठिनाइ पार गर्न सकिनेछ। लाभदायक महिना: वैशाख, भदौ, असोज, माघ सावधानी अपनाउनु पर्ने महिना: असार, कार्तिक, फागुन धैर्यता, विवेक, समयको सही उपयोग, र नियमित पूजा–पाठ तथा ग्रहशान्तिका उपायहरू अवलम्बन गर्दा समस्याहरूको समाधान हुनेछ । विशेषगरी शिवजी, काली, वगलामुखी, बटुक भैरव र छिन्नमस्ताको आराधनाबाट लाभ मिल्ने छ । सतर्कता, संयमता र आध्यात्मिक अनुशासन नै यो वर्ष सफलतापूर्वक पार गर्न सहायक हुनेछन्।
-
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
२०८२ साल धनु राशिका लागि अवसर र उपलब्धिले भरिएको वर्ष बन्ने संकेत देखिन्छ। सुरुवातमा पारिवारिक जिम्मेवारी र केही असहज परिस्थितिको सामना गर्नुपरे पनि, वर्षको मध्यभागदेखि क्रमशः सफलता र सन्तोष मिल्दै जानेछ। ग्रहहरूको अनुकूल प्रभाव देवगुरु बृहस्पति, राहु र केतुको साथले यो वर्ष तपाईंको जीवनमा नयाँ जिम्मेवारीहरू आउनेछन्। नोकरीमा पदोन्नति, व्यापारमा वृद्धि, वा नयाँ योजना शुरू गर्ने अवसर मिल्नेछ। आत्मविश्वास र आँटले ठूला उपलब्धि दिलाउनेछ। जेठदेखि दाम्पत्यभावमा प्रवेश गर्ने बृहस्पतिको प्रभावले सम्बन्धहरूमा सुधार ल्याउनेछ, असल प्रेमसाथीको साथ पाइनेछ र गृहस्थ जीवनमा सन्तुलन कायम हुनेछ। पढाइ, यात्रा र करियरमा प्रगति विद्यार्थीहरूका लागि वर्ष उत्साहजनक रहनेछ। विदेश जाने योजना बनाउनेहरूलाई अवसर प्राप्त हुनेछ। अध्यापन, अनुसन्धान वा ज्ञान–सञ्चयमा लाग्नेहरूलाई विशेष सफलता मिल्ने सम्भावना छ। व्यवसाय र आम्दानीमा वृद्धि पुराना व्यापारहरू फस्टाउनेछन् भने नयाँ उद्योग सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय हुनेछ। कृषिमा प्रविधिको प्रयोग र नयाँ उपकरणहरूको प्रयोग लाभदायक हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। प्रारम्भिक संघर्षपछि ठूलो सफलता हात पर्नेछ। गृहसुखमा चुनौती शनि अढैयाको प्रभावले वर्षको प्रारम्भदेखि नै केही पारिवारिक जिम्मेवारी र मानसिक दबाब महसुस हुन सक्छ। घर–परिवारमा असमझदारी, मतभेद वा साझेदारीमा समस्या आउन सक्छ। अफ्ठ्यारा परिस्थितिमा धैर्य र सूझबुझ आवश्यक हुनेछ। शनि प्रतिकूल हुनेहरूका लागि शनि प्रतिकूल हुनेहरूको लागि स्वास्थ्यमा समस्या, काममा ढिलासुस्ती, आर्थिक मन्दी, घर–जग्गासम्बन्धी झमेला, वा आफन्तसँगको टकराव जस्ता समस्या आउन सक्छन्। त्यसैले शनिको आराधना, शनिवार पीपलमा जल अर्पण, हनुमानजी र काली माताको पूजा–उपासना लाभदायक रहनेछ। सफलता दिने महिना: असार, कार्तिक, मंसिर, चैत सावधानी अपनाउनु पर्ने महिना: वैशाख, भदौ, पुस
-
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकर राशि – २०८२ सालको वार्षिक राशिफल २०८२ साल मकर राशिका जातकहरूको लागि मिश्रित परिणाम ल्याउने वर्ष हुनेछ। प्रारम्भमा, तपाईलाई सामान्य परिस्थितिमा अवस्थित रहनु पर्नेछ, तर तपाईंका कर्म र प्रयासहरूले तपाईलाई साँचो सफलताको मार्गमा पुर्याउनेछन्। वर्षभरि विभिन्न उतारचढावहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर समग्रमा, तपाईका लागि अवसरहरू खुल्नेछन् जसले तपाईलाई समृद्धि र सफलता प्रदान गर्नेछ। कर्मक्षेत्रमा उपलब्धिहरू र चुनौतीहरू तपाईंको कर्मक्षेत्रमा वर्षभरि उतारचढाव देखिनेछन्। शुरुवातमा तपाईलाई कठिनाइहरूको सामना गर्नुपर्नेछ, तर शनिको अनुकूल प्रभावले तपाईलाई विभिन्न अवसरहरूको दिशा देखाउनेछ। वर्षभरि विशेष गरी वैशाख, कार्तिक र मंसिर महिनामा देवगुरुको अनुकूल प्रभावले तपाईको कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसले तपाईलाई नयाँ जिम्मेवारीहरूको अवसर प्रदान गर्नेछ र तपाईको प्रयासहरूलाई सफल बनाउनेछ। व्यवसाय र पेशा क्षेत्रका लागि यो वर्ष एक सुनौलो अवसरको जस्तो हुनेछ। तपाईका प्रयासहरूले नोकरीमा प्रवेश वा पदोन्नतिका रूपमा फल दिनेछन्। कुनै नयाँ परियोजना वा व्यवसायको थालनी गर्न सकिनेछ जसबाट दिगो लाभ मिल्नेछ। साथै, तपाईको उद्योग र कृषि क्षेत्रका काम पनि फस्टाउनेछन्। स्वास्थ्य र पारिवारिक जीवनमा चुनौतीहरू जेठ महिना देखि बृहस्पति शत्रु र प्रतिस्पर्धाका भावमा जाने हुँदा तपाईलाई स्वास्थ्य र धनका सम्बन्धी समस्याहरू आउन सक्छ। तपाईको कार्यक्षेत्रमा उल्झन र नोकरीमा अपजस प्राप्त गर्नाले मन खिन्न रहनेछ। तपाईंको विरोधीहरूले तपाईलाई समस्यामा पार्न सक्नेछन् र केही आलोचनात्मक परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। आलोचना र शत्रुहरूको प्रभाव जेठ महिनाबाट राहु र केतु का प्रतिकूल प्रभावले तपाईको जीवनमा केही विवाद र संघर्ष ल्याउनेछ। विशेष गरेर तपाईको वाणी र लेखनले विवादास्पद बनेर आलोचनाको शिकार हुन सक्दछन्। राहुका कारण तपाईको विचार र कार्यविधिमा आलोचनाहरू उब्जन सक्छन् जसले तपाईलाई मानसिक दबाब दिन सक्छ। वित्तीय र परिवारिक समस्याहरू केतु को कष्टभावमा रहनाले तपाईलाई विभिन्न अर्थिक समस्या र स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तपाईको पारिवारिक जीवनमा पनि केही विघ्न र अशान्ति रहने सम्भावना छ। परिवारका सदस्यहरूसँग असमझदारी, मतभेद र घरेलु समस्याहरूले तपाईलाई तनावमा पार्न सक्छन्। तपाईको कर्म, व्यापार वा व्यक्तिगत जीवनका सन्दर्भमा तपाईले अनावश्यक धन खर्च र झमेलाको सामना गर्न सक्नुहुनेछ। समाधान र ग्रह दोष कम गर्ने उपायहरू तपाईको जीवनमा यी सबै उतारचढावहरूको सामना गर्नका लागि समयमै ग्रहदेवताको पूजा र अनुष्ठान गर्न अत्यन्त महत्त्वपूर्ण हुनेछ। बृहस्पति का लागि बगलामुखी र शिवजी को पूजा गर्दा तपाईका कार्यहरूमा सफलता ल्याउन मद्दत हुनेछ। त्यसैगरी, राहु र केतु को प्रभावलाई कम गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नु फाइदाजनक हुनेछ। यी उपायहरूले तपाईलाई आफ्नो जीवनमा समृद्धि र शान्ति प्राप्त गर्न मद्दत गर्नेछन्। सफलता दिने महिना यो वर्षको लागि असार, कार्तिक, मंसिर र चैत महिना तपाईको लागि विशेष रूपमा अनुकूल रहनेछन्। यी महिनाहरूमा तपाईका कर्म र प्रयासहरूबाट उत्कृष्ट परिणाम प्राप्त हुने सम्भावना रहेको छ। तपाईको योजनाहरू सफल हुनेछन् र तपाईको व्यक्तित्वमा सकारात्मक परिवर्तन आउनेछ। संघर्ष र कठिनाईहरू वैशाख, भदौ र पुस महिना केही चुनौतिपूर्ण रहनेछन्। यी महिनाहरूमा तपाईलाई स्वास्थ्य, धन र पारिवारिक जीवनमा केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तपाईका कर्महरूको परिणति असहज वा प्रतिकूल हुन सक्छ, त्यसैले सजग रहनु आवश्यक छ। समग्रमा, मकर राशि जातकहरूको लागि २०८२ साल मिश्रित हुनेछ—सपना र संघर्षका साथ। तपाईको दृढता र मेहनतले तपाईलाई विभिन्न कठिनाइहरूबाट पार लगाउँछ र सफलताको उचाइमा पुर्याउँछ। यदि तपाई ग्रहको प्रभावलाई सही तरिकाले सम्हाल्नुहुन्छ भने, तपाईको जीवनमा महत्वपूर्ण परिवर्तन र प्रगति देख्न सकिनेछ।
-
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ राशि – २०८२ सालको वार्षिक राशिफल २०८२ साल कुम्भ राशिका जातकहरूको लागि संघर्ष र चुनौतीपूर्ण समयको साथ सफलता प्राप्त गर्ने वर्ष हुनेछ। यो वर्ष तपाईलाई व्यावहारिक समस्याहरू र उल्झनहरूको सामना गर्नु पर्नेछ, तर तपाईको द्रढता र मेहनतले तपाईलाई राम्राे परिणामको दिशा देखाउनेछ। यो वर्ष तपाईको जीवनमा बलियो आधार निर्माण हुने छ र भविष्यका लागि स्थिर र दिगो काम प्रारम्भ गर्नका लागि उपयुक्त समय हुनेछ। कर्मक्षेत्रमा अवसर र चुनौतीहरू वर्षको शुरुआतमा तपाईलाई केही चुनौतीपूर्ण जिम्मेवारीहरूको सामना गर्नुपर्नेछ, जसले तपाईलाई सोच्न र योजना बनाउन बाध्य पार्नेछ। तथापि, जेठ महिनादेखि देवगुरु बृहस्पति आन्तरिक रूपले अनुकूल गाेचर हुनेछन्, जसले तपाईको क्षमता प्रदर्शनको अवसर दिनेछ र तपाईलाई लक्ष्यतर्फ अग्रसर गराउनेछ। व्यवसाय र कर्मक्षेत्रमा तपाईको मेहनतले सफलता दिलाउनेछ र नोकरीमा पदोन्नति, स्थानान्तरण वा नयाँ अवसर प्राप्त हुने सम्भावना रहेकाले यो वर्ष पेशागत जीवनमा उचाइतर्फ जाने एक सुनौलो समय हुनेछ। शिक्षा र व्यक्तिगत प्रगति विद्यार्थीहरूको लागि यो वर्ष उत्साहजनक रहनेछ। बृहस्पति को अनुकूल प्रभावले अध्ययनमा प्रगति ल्याउनेछ र यसले तपाईको जोश र जोशलाई नयाँ उचाइमा पुर्याउनेछ। तपाईको मेहनत र समर्पणले सफलता प्राप्त गर्न मद्दत गर्नेछ। यस वर्ष, तपाईको प्रयत्न र संसारिक कार्यहरूमा लगन सफलता र पुरस्कार दिलाउनेछन्। व्यक्तिगत जीवन र परिवार यो वर्ष तपाईको दाम्पत्य जीवन र सन्तान सुख को लागि पनि सुखद रहेको छ। योग्य प्रेमपात्रको साथ जीवनको मार्ग अवलम्बन गर्नका लागि बलियो सम्भावना देखिन्छ। तपाईको घर–गृहस्थी र सन्तानको भविष्य को विषयमा तपाई सकारात्मक रहन सक्नुहुन्छ। साथै, धार्मिक मनोवृत्ति र ध्यानको प्रवृत्तिले तपाईलाई मानसिक शान्ति दिनेछ। आर्थिक समस्याहरू र चुनौतीहरू धन र आर्थिक क्रियाकलापमा वर्षभरि तपाईलाई शनि को साढेसाती दशाले केही समस्याहरू ल्याउन सक्छ। तपाईको आर्थिक अवस्थामा मन्दी आउने सम्भावना रहेकाले तपाईलाई कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब र अवरोध जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। प्रतिस्पर्धीहरूले तपाईंका कमजोरीहरूको फाइदा उठाउने प्रयास गर्नेछन्, जसले तपाईलाई मानसिक तनाव र चिन्ता दिनेछ। यस समय तपाईंलाई विचार र योजना बनाउँदा सजग रहनु पर्नेछ। शारीरिक र मानसिक समस्याहरू राहु को प्रतिकूल प्रभावले तपाईलाई चोट, चिन्ता, भय, कष्ट र धनहानि जस्ता समस्याहरू ल्याउन सक्छ। साथै, पारिवारिक जीवनमा असमझदारी र पिता–पुत्र बीच व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ। तपाईको पारिवारिक माहोल कमजोर हुने सम्भावना छ, र प्रेमसम्बन्ध र दाम्पत्य जीवनमा केतुका कारण खटपटी र मतभेद उत्पन्न हुन सक्छ। यसका कारण तपाईको घर–गृहस्थीमा तनावको वातावरण बन्न सक्छ। समाधान र उपायहरू यस वर्षको ग्रहदोष कम गर्नका लागि तपाईले ग्रहदेवताको आराधना र पूजा गर्न महत्त्वपूर्ण हुनेछ। तपाईलाई शनिको दोषबाट मुक्त गर्न काली भगवती र श्रीहनुमान्को पूजा गर्र्ने, राहु र केतुको दोष कम गर्न भने बटुकभैरव र छिन्नमस्ताको पूजा गर्न लाभकारी हुनेछ। यी उपायहरूले तपाईलाई आन्तरिक शान्ति र सफलता प्राप्त गर्न मद्दत गर्नेछन्। आर्थिक उत्थानको महिना यस वर्ष आर्थिक दृष्टिकोणले वैशाख, साउन, मंसिर र पुस महिना बढी फाइदाजनक हुनेछन्। तपाईका प्रयासहरू यी महिनामा सकारात्मक परिणाम दिनेछन्। भने, जेठ, असोज र माघ महिना आर्थिक दृष्टिकोणले अलि प्रतिकूल हुने सम्भावना छ। निष्कर्ष २०८२ साल कुम्भ राशि जातकहरूको लागि चुनौतीपूर्ण तर समृद्धि ल्याउने वर्ष हुनेछ। तपाईलाई विभिन्न समस्या र अवरोधहरूको सामना गर्नुपर्नेछ, तर तपाईको परिश्रम र मेहनतले तपाईलाई सफल बनाउनेछ। उचित ध्यान र प्रयासले तपाईलाई व्यक्तिगत र व्यावसायिक जीवनमा सफलता र सुख प्राप्त हुनेछ।
-
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मीन राशिका लागि यो वर्ष समग्रमा संघर्ष र आशाको मिश्रण लिएर आएको देखिन्छ, तर अन्ततः उपलब्धिमूलक र प्रगतिशील रहनेछ। वर्षको प्रारम्भमा केही अवरोध, काममा ढिलाइ र मानसिक असन्तुष्टि देखिन सक्छ। आफन्तहरूसँग मतभेद उत्पन्न हुने सम्भावना पनि रहन्छ, जसले सम्बन्धमा असहजता ल्याउन सक्छ। यस्तो अवस्थामा परिवर्तनको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्ने आवश्यकता महसुस हुनेछ। बीचतिर समय क्रमशः सुधार हुँदै जानेछ। मिहिनेत र धैर्यका साथ काम गर्दा अड्किएका कार्यहरू पूरा हुनेछन्। बृहस्पतिको शुभ प्रभावले शिक्षा, अध्ययन तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ—पढाइमा ध्यान केन्द्रित हुनेछ, जटिल विषय सजिलै बुझ्ने क्षमता बढ्नेछ र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्ने योग बलियो छ। नयाँ सीप सिक्न, अनुसन्धान गर्न र उच्च शिक्षाको योजना बनाउन पनि अनुकूल समय रहनेछ। व्यवसाय तथा आर्थिक क्षेत्रमा वर्षको मध्य र उत्तरार्ध विशेष फलदायी बन्न सक्छ। व्यापारमा राम्रो लाभ हुनेछ, पुराना कारोबारबाट बाँकी रकम प्राप्त हुनेछ र लगानी तथा सेयरबाट पनि फाइदा हुने सम्भावना छ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् र एकैपटक विभिन्न स्रोतबाट धनप्राप्ति हुने योग देखिन्छ। कृषि तथा पशुपालनबाट पनि लाभ लिन सकिनेछ। तर वर्षको केही समय आर्थिक असन्तुलन, खर्च वृद्धि, लगानी अड्किने र आयस्रोत खुम्चिने अवस्थासमेत आउन सक्छ, त्यसैले जोखिमपूर्ण लगानीबाट जोगिनु बुद्धिमानी हुनेछ। पारिवारिक तथा वैवाहिक जीवनमा मिश्रित फल प्राप्त हुनेछ। प्रारम्भमा मतभेद भए पनि पछि सम्बन्ध सुधार हुँदै जानेछ। परिवारमा खुसी र सौहार्दता बढ्नेछ। अविवाहितहरूका लागि प्रेम सम्बन्ध सुरु हुने सम्भावना छ भने दाम्पत्य जीवनमा परिपक्वता आउनेछ। सन्तान सुखमा वृद्धि हुने र सन्तान प्राप्तिको योग पनि बलियो देखिन्छ। शनि (साढेसाती) को प्रभावले वर्षभरि केही बाधा, आलस्य, थकान र मानसिक तनाव दिन सक्छ। यसले स्वास्थ्यमा पुराना समस्या बल्झाउन सक्छ—विशेषगरी पाचन प्रणाली, नसा–जोर्नी दुखाइ, कम्मर समस्या वा दीर्घरोगले सताउन सक्छ। त्यसैले खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ। मंगलको प्रभावले साहस र सक्रियता बढाउनेछ, जसले रोकिएका कामहरू पूरा गर्न मद्दत गर्नेछ। तर कहिलेकाहीँ रिस, हतार र आवेगले निर्णय गलत हुन सक्छ, त्यसैले संयमता आवश्यक छ। राहुको प्रभावले वर्षको पहिलो भागमा खर्च बढाउने र आर्थिक दबाब सिर्जना गर्ने सम्भावना छ भने पछिल्लो समय आकस्मिक लाभले सन्तुलन कायम गर्नेछ। केतुको प्रभावले प्रतिस्पर्धीहरूलाई परास्त गरी सफलता दिलाउनेछ।शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिबार पीपलमा जल चढाउनाले, मंगलका लागि श्रीगणेशकाे दर्शन पूजा गर्नाले, राहुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले र बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि प्रतिकूल दोष शान्त हुनेछ।